भोजपुरका सिनियर डिभिजनल इन्जिनियर यादवविरुद्ध अरोपपत्र दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोजपुरका सिनियर डिभिजनल इन्जिनियर यादवविरुद्ध अरोपपत्र दायर


१५ श्रावण २०७६, बुधबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवविरुद्ध आज विशेष अदालतमा अरोपपत्र दायर गरेको छ ।

निज सिडिइ यादवले भोजपुरको षडानन्द नगरपालिका–१३ बोयामा रहेको छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु १ लाख ८० हजार घुस लिएको आयोगले जनाएको छ । आयोगले सोही रकम बराबरको बिगो माग दाबी गर्दै आरोपत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस