अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु


१५ श्रावण २०७६, बुधबार


वासिङटन । अमेरिकाको मिसिसिपी राज्यको साउथाभेनको एक पसलमा मङ्गलबार बिहान गोली चलेको छ । अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् ।

पसलमा ग्राहक बनी आएका एक व्यक्तिले पसलका कर्मचारीमाथि गोली चलाएका प्रहरीले जनाएको छ ।

त्यस गोलीकाण्डमा परी मारिएकामा पसलका दुई कर्मचारी रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

त्यस घटनाका दोषी एक जनालाई प्रहरीले गोली हानी घाइते बनाएर नजिकैको अस्पताल पुर्‍याएको पनि स्थानीय एकजना प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरी पुग्दा सो पसलका दुई जना कर्मचारी गोली लागेको अवस्थामा ढलेका र उनीहरुको सोही पसलमै निधन भएको जनाइएको छ ।

साउथाभेन नगरका नगरप्रमुख ड्यारेन मुसेलह्वाइटले उक्त घटनालाई हिंसक व्यक्तिहरुबाट गराइएको एक दुर्घटना भनी टिप्पणी गरेका छन् ।

त्यस घटनामा परी भएको निधनले आफूलाई निकै मर्माहत बनाएको भन्दै उनले मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रहरीले उक्त घटनामा संलग्नलाई गोली हानेर पक्राउ गरी त्यहाँ सम्भावित अझ ठूलो क्षति हुनबाट जोगाएको नगरप्रमुख मुसेलह्वाइटले ट्वीटमार्फत जानकारी दिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस