घुस लिएको आरोपमा मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस लिएको आरोपमा मुद्दा दायर


१२ श्रावण २०७६, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचरौता नगरपालिका बारामा करार सेवामा कार्यरत नायब सुब्बा बद्रीबहादुर थापा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नायब सुब्बा थापाले महिला सशक्तिकरणसम्बन्धी अनुशिक्षण तालीम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा विभिन्न बहानामा रु १४ हजार घुस माग गरेको आरोप लागेको छ । आयोगले घुस लिँदै गरेको अवस्थामा नासु थापालाई केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले बिगो असुल गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस