म्यानमारमा भयानक पहिरो, कम्तीमा १३ को मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म्यानमारमा भयानक पहिरो, कम्तीमा १३ को मृत्यु


१२ श्रावण २०७६, आइतबार


याङ्गुन । म्यानमारमा आइतबार आएको भयानक पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने काचिन राज्यको हपाकान्तमा पहिरो गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

मृत्यु भएकाहरु स्थानीय एक कारखानाका कर्मचारी र सुरक्षाकर्मीहरु रहेका छन् । स्थानीय समय अनुसार दिउँसो २ बजे पहिरो गएको थियो ।

उद्धारकर्ताहरुले १३ जनाको शव भेटिएको र अरु पाँच जना अझै हराइरहेको विभागीय कर्मचारीहरुले बताएका छन् ।

घटनास्थलबाट दुई जना सुरक्षाकर्मीलाई उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको उनीहरुको भनाई छ ।

खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । रासस(सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस