लाइसेन्स परीक्षाफल प्रकाशित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लाइसेन्स परीक्षाफल प्रकाशित


१२ श्रावण २०७६, आइतबार


काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस)र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ ।

शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

यसैगरी बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण भएको काउन्सिल सदस्य प्रा.डा.ढुण्डिराज पौडेलले जानकारी दिए । काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नभइकन बिरामी परीक्षण गर्न पाइँदैन । पछिल्लो समय काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेको सङ्ख्यामा वृद्धि भइराखेको छ ।

यसैबीच नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतको जिम्मा डा.बाबुराम मरासिनीलाई दिइएको छ । निर्वाचन माघ महीनामा हुँदैछ । केन्द्रीय सहकोषाध्यक्ष डा.प्रकाश बुढाथोकीका अनुसार प्रमुख निर्वाचन अधिकृत डा.मरासिनीले समितिमा अन्य दुई चिकित्सक मनोनीत गर्नेछन् ।

स्रंघको आगामी फागुनको १५ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने २८औँ सम्मेलनपूर्व निर्वाचन कार्यक्रम सम्पन्न हुने उनले जानकारी दिए । संघमा हाल आठ हजारभन्दा बढी चिकित्सक सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस