समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए राजीनामा


१० श्रावण २०७६, शुक्रबार


काठमाडौं । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले आफ्नो पदबाट राजीनामा दिएका छन् । सुवेदीले यही साउन १२ गतेदेखि लागू हुने गरी आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘नेपालको संविधानको धारा २५८ को उपधारा (४) को खण्ड (क) बमोजिम यही साउन १२ गतेदेखि लागू हुने गरी आयोगका अध्यक्ष डा.सुवेदीले पदबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजीनामा दिएका छन् ।’ राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ । पूर्वअर्थ सचिव डा. सुवेदी गएको चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस