भाइस गर्भनर र प्रमुख जिसीबीच भेटवार्ता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

भाइस गर्भनर र प्रमुख जिसीबीच भेटवार्ता


१० श्रावण २०७६, शुक्रबार


चिप्लेढुङ्गा । चीनको युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबीच आज भेटवार्ता भएको छ ।

भेटका अवसरमा प्रमुख जिसीले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय शहर बनाउने योजनासहित महानगरले पूर्वाधारमा जोड दिएको बताए । उनले प्राविधिमार्फत पोखरालाई सुरक्षित शहर बनाउने योजना पनि महानगरले बनाएको र यसमा चीन सरकारको सहयोगको अपेक्षा गरेको बताए ।

युनान प्रान्तकै कुनमिङ शहरसँग ६ वर्षअघि भएको भगिनी सम्बन्धले सांस्कृतिक आदानप्रदानमा सहयोग पुगेको उनको भनाइ थियो । ‘कुनमिङ शहरसँग भगिनी सम्बन्ध स्थापित हुँदा जनस्तरबाट सांस्कृतिक, व्यापारिक, औद्योगिक सम्बन्ध विस्तार गर्न सहयोग पुगेको छ,’ जिसीले भने,’चीन सरकारकै सहयोगमा पोखरामा निमार्णाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पनि पोखरा र चीनका विभिन्न शहरमा आवतजावत गर्न सहज हुनेछ ।’

भाइस गभर्नर झाङले पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउनका लागि गर्न सकिने सहयोगका बारेमा चीन फर्केपछि सरकारसँग छलफल गर्ने बताए । भ्रमणको उद्देश्य सम्बन्ध विस्तार र सहयोग आदानप्रदान नै रहेको र पोखरा संसारकै प्रसिद्ध शहर भएकाले यसलाई पर्यटकीय गन्तव्य बनाउन सक्दो सहयोग गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस