आपराधिक मनोवृत्ति रोक्न योगाभ्यासको भूमिका महत्वपूर्ण : मन्त्री विष्ट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आपराधिक मनोवृत्ति रोक्न योगाभ्यासको भूमिका महत्वपूर्ण : मन्त्री विष्ट


९ श्रावण २०७६, बिहिबार


काठमाडौं । योगाभ्यासबाट कुनैपनि व्यक्ति आफ्नो मन तथा शरीर शुद्ध गर्नाका साथै मानसिक तथा शारीरिकरुपमा स्वस्थ्य हुन सक्नेमा जोड दिइएको छ ।
सकारात्मक सोच र कल्याणकारी काम गर्ने बानीको विकास गर्न योगले सहयोग पु¥याउने उल्लेख गर्दै उनले आपराधिक मनोवृत्ति रोक्न पनि योगाभ्यासको महत्वपूर्ण भूमिका हुने बताए ।

योग स्कूल उद्घाटनका क्रममा श्रममन्त्री गोकर्ण विष्टले अहिले पनि आफूले भ्याएसम्म योगाभ्यासलाई निरन्तरता दिँदै आएको र योगाभ्यासले आत्मविश्वास पैदा गर्नाका साथै मन र शरीरलाई नियन्त्रण गर्ने भएकाले सरकारले योगविज्ञानलाई प्राथमिकतामा राखेको छ भने । उनले विद्यालय तहका पाठ्यक्रममा योग विषयलाई समावेश गर्न शिक्षा मन्त्रालयले काम थालेको जानकारी दिए ।

नेपाल मेडिसिटी अस्पतालका न्यूरो सर्जन डा प्रकाश पौडेलले आफू चिकित्सा विज्ञानका क्षेत्रमा लागे पनि योगको महत्व र असाधारण फाइदा देखेर यसतर्फ लागेको बताए। ललितपुरको थसिखेलमा रहेको सो स्कूलमा योगगुरु शिव बस्याल ‘प्रेमानन्द’ र गुरु एकराजले नियमित रुपमा योगाभ्यास गराउनुहुनेछ । स्कूलमा विभिन्न प्रकारका योगाभ्यास गराइने योगगुरु प्रेमानन्दले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस