राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुन्छ : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुन्छ : मुख्यमन्त्री पोखरेल


७ श्रावण २०७६, मंगलबार


खस्यौली । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाजवादोन्मुख जनताको जनवाद कार्यदिशाबाट राष्ट्रिय पूँजी र अर्थतन्त्रको विकास हुने बताएका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा बुटवल नगर कमिटीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले असमानता, गरीबी र पछौटेपनको अन्त्य गरेर समृद्ध समाज निर्माण गर्न सकिन्छ भने ।

मुख्यमन्त्री पोखरेलले समाजवाद उन्मुख जनताको जनवाद नेकपाले लिएको कार्यदिशा भएकामा जोड दिँदै समाजको परिवतर्नबाट लक्ष्य हासिल हुने बताए ।

उनले भने, ‘कम्युनिष्ट शिक्षा र नीतिलाई स्थापित गर्न सबैको चासोको विषय हुनुपर्छ ।’ नेपाली राजनीतिमा पुष्पलालले देखाएको बाटो सफल रहेको उल्लेख गर्दै सिद्धान्त, सङ्गठन र सङ्घर्षबिना आन्दोलन सफल नहुने धारणा व्यक्त गरे ।

‘आर्थिक, सामाजिक रुपान्तरण र विकासको अभिभारा पूरा गर्न आवश्यक छ’, मुख्यमन्त्री पोखरेलले भने ।

नेकपा नगर कमिटीका अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पुष्पलालले देखाएको बाटोले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस