खानेपानीमा उल्लेखनीय प्रगति हासिल (भिडियो रिपोर्ट) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खानेपानीमा उल्लेखनीय प्रगति हासिल (भिडियो रिपोर्ट)


५ श्रावण २०७६, आइतबार


काठमाडौँ । बितेको दशकदेखि नेपालले खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

२०६८ सालमा सरसफाइ तथा स्वच्छता गुरु योजनाको तर्जुमा गरी कार्यान्वयन पछि सरसफाइको पहुँचको दरमा भएको वृद्धि प्रशंसनीय छ । सन् १९९० मा ४६ खानेपानी प्रतिशत रहेको सरसफाइ २०१७ मा आइपुग्दा ८७ प्रतिशत पुगेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको पछिल्लो प्रतिवेदन अनुसार खानेपानीको आधारभूतस्तरको सेवामा ८७ प्रतिशत नागरिकमा पहुँच पुगेको छ भने सरसफाइको क्षेत्रमा पहुँच ९९ प्रतिशत जनसङ्ख्यामा पुगेको छ ।

महिला र सीमान्तकृत समूहहरूको खानेपानी उपभोक्ता समितिहरूमा प्रतिनिधित्वले गर्दा यो क्षेत्र थप समावेशी बनेको छ ।

ग्रामीण क्षेत्रका आधारमा खानेपानीको पहुँच ८५ प्रतिशत रहेको छ भने सहरी क्षेत्रमा ८७ प्रतिशत छ ।

पहुँचमा रहेको विभेद, सेवामा असमानता, पानीको गुणस्तर, खानेपानी प्रणालीहरूको दिगोपन एवं सुचाररुपन र प्रदान गरिएको सेवाको गुणस्तर यस क्षेत्रका मुख्य चुनौतीहरू हुन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस