बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन


५ श्रावण २०७६, आइतबार


बुटवल । रुपन्देहीको तिलोत्तमाको सडकमा राखिएका ५ वटा मुद्ध मूर्ति तोडफोडमा संलग्नहरुलाई छिटो पक्राउ गरी कारबाही गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्देशन दिएका छन् ।

मन्त्री पोखरेललले घटनामा संलग्नहरुलाई तत्काल पक्रेर कारबाही गर्न रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी उपरिक्षकलाई निर्देशन दिएका हुन् ।

बुटवल–बेलहिया सडकखण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाले सडकको डिभाइडरमा राखेका बुद्धका मूर्ति तोडफोड भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस