ग्लोबल आइएमईको २९औं एक्सटेन्सन काउन्टर आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ग्लोबल आइएमईको २९औं एक्सटेन्सन काउन्टर आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा


५ श्रावण २०७६, आइतबार


काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ । काउण्टरको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी) ले उद्घाटन गरेका छन् ।

बैङ्कले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैङ्किङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउन्टर सुरु गरेको हो । महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैङ्कको एक्सटेन्सन काउण्टरको सङ्ख्या २९ पुगेको छ ।

उक्त अवसरमा बोल्दै प्रमुख कर अधिकृत शर्माले बैङ्कले ग्राहकको सन्तुष्टिलाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । उनले सेवाग्राहीको बढ्दो चापका कारण एक्सटेन्सन काउन्टर खोलिएको जानकारी गराए ।

ग्लोबल आइएमई बैङ्क महेन्द्रनगर शाखाका शाखा प्रमुख दीपेन्द्रबहादुर सिंहले बैङ्कले सेवाग्राहीको हितलाई ध्यानमा राखेर काम गर्ने बताउदैं प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाए ।

सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैङ्कले १३८ शाखा, १४७ एटिएम, २९ एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन काउन्टर र १६८ शाखा रहित बैङ्किङ सेवा, ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैङ्कले अत्याधुनिक प्रविधियुक्त भाईवर बैङ्किङ सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैङ्किङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर त्यहाँ रहेका नेपालीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसै गरी बैङ्कले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिटेन्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस