विप्लव समूहका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लव समूहका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ


५ श्रावण २०७६, आइतबार


काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ।

सरकारसँग वार्ताको पहल भइरहेका बेला लामालाई प्रहरीको एक टोलीले शनिवार राति १२ बजे राजधानीको काँडाघारीबाट पक्राउ गरेको हो।

प्रहरीले लामासँगै विप्लवका अर्का एक कार्यकर्ता रोसन तामाङलाई पनि पक्राउ गरेको छ । लामामाथि नख्खु, अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटनामा निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ ।

विस्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो।

हाल नख्खु जेलमा रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश वलीपछि लामा पक्राउ पर्नेमा अर्का ठुला नेता हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस