१५ लाख घुससहित इन्जिनियरत्रय रंगेहात पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१५ लाख घुससहित इन्जिनियरत्रय रंगेहात पक्राउ


५ श्रावण २०७६, आइतबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद शाह र हरिप्रसाद चौधरीलाई १५ लाख घुससहित पक्राउ गरेको छ ।

निर्माण योजना तार जाली भर्ने कामको विल रकम भुक्तानी गरे बापत १५ लाख रुपैयाँ घुस लिएका थिए ।

आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले सवारी चालक टंकप्रसाद ओझासहित चार जनालाई गेरुवा गाउँपालिका–१ बाट रंगेहात नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस