मानसिक तनाव नदिन र रोजगारीबाट ननिकाल्न सरकारलाई चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मानसिक तनाव नदिन र रोजगारीबाट ननिकाल्न सरकारलाई चेतावनी


प्रशासन विशेष ब्युरो

३ श्रावण २०७६, शुक्रबार


काठमाडौँ । अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक सङ्घले सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरूलाई विभिन्न बहाना बनाइ मानसिक तनाव नदिन तथा रोजगारीबाट ननिकाल्न सरकारलाई चेतावनी दिएको छ ।

अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरूलाई वर्तमान परिवर्तित अवथामा पनि अत्यन्तै निकृष्ट रूपमा हेर्ने गरिएको भन्दै लामो समयदेखि सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई आर्थिक वर्ष ०७६/७७ देखि रोजगारीबाट वञ्चित नबनाउन भनेको हो ।

‘विज्ञप्तिको भावना विपरीत गतिविधि भएमा यो सङ्घ आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने छ । अन्यथा उत्पन्न हुन सक्ने जस्तोसुकै परिणाम, परिस्थितिको जिम्मा सम्बन्धित कार्यालय हुनेछ’ सङ्घका महासचिव काशीराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै ठुलालाई चयन र सानालाई ऐनको स्थितिले दरिलो प्रशय पाएको भन्दै यो संरचनालाई नै कुनै पनि बखतमा परिवर्तन गर्न सक्ने हैसियत अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीमा रहेकोसमेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस