साउन ७ देखि सेतो नम्बर प्लेटको गाडी चल्न नदिइने - प्रशासन प्रशासन

साउन ७ देखि सेतो नम्बर प्लेटको गाडी चल्न नदिइने


प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार २१:०९

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरू सडकमा गुड्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखी यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरू गर्न नदिने राज्यको कदमका विरुद्ध आगामी २०७६ साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरू सडकमा गुड्न प्रतिबन्ध लगाइएको छ मध्यपश्चिम कमाण्डका इन्चार्ज वीरजङले जारी गरेको विज्ञप्तिमा भनिएको छ

जारी विज्ञप्तिमा गाउँ गाउँमा सिंहदरवारको नारामा गठित कथित सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान चलाएर जनपक्षीय आवाजहरूलाई बन्द गर्ने तथा जनप्रतिनिधिहरू नै ठेक्कापट्टामा सामेल भएर आफ्नै टिपर, ट्याक्टर, स्काभेटर प्रयोग गरी राज्यको सम्पत्तिको दोहन गरिरहेको आरोप छ ।

कतिपय जनप्रतिनिधिहरू नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको हुनाले पार्टीले आगामी दिनमा सबै हकर्तहरु बन्द गर्ने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags: , ,

प्रतिक्रिया दिनुहोस