बस र भ्यान ठोक्किएर दुर्घटना, दुईको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बस र भ्यान ठोक्किएर दुर्घटना, दुईको मृत्यु


२ श्रावण २०७६, बिहिबार


बस दुर्घटना

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

एक नं.प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका– ३ का ३१ बर्षीय टिकाराम थापा र बसमा सवार नामथर नखुलेका अन्दाजी ३५ बर्षका एक पुरुष यात्रु रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रित भई उक्त दुर्घटना भएको थियो ।

एक जनाको घटनास्थलमै र सहचालकको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका घाईतेहरुको न्यूरो अस्पताल विराटनगर,मोरङ डाइनेष्टिक अस्पताल पथरी र नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस