इथियोपियाका शान्ति सैनिकको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इथियोपियाका शान्ति सैनिकको मृत्यु


२ श्रावण २०७६, बिहिबार


एजेन्सी । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती क्षेत्र अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ।

सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको राष्ट्रसंघका प्रवक्ता फरहान हकले बताएका छन् ।

हकले गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको बताए । अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन्।

उक्त आक्रमणका क्रममा दुई महिला र एक बालक सहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ।

आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस