बालाजुमा एक किशोरी मृत फेला, दुई पक्राउ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

बालाजुमा एक किशोरी मृत फेला, दुई पक्राउ


१ श्रावण २०७६, बुधबार


काठमाडौं । काठमाडौंको बालाजुमा १६ वर्षीय किशोरी मृत फेला  परेकी छन् । त्रिपुरेश्वको सुकुम्वासी बस्तीमा बस्दै आएकी जेनी तामाङ परेकी हुन् ।

महानरीय प्रहरी परीसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जन्मदिन मनाउन प्रेमीको कोठामा जन्मदिन मनाउन गएकी थिइन् । उनी कोठामा पुग्दा उनीसँग प्रविना नगरकोटी टिभी हेरिरहेकी थिइन् । प्रविना पनि भीमकी प्रेमिका भएको प्रहरीले बताएको छ ।

आफ्नो प्रेमीको कोठामा अर्कै केटीलाई देखेपछि जेनी र प्रविनाबीच विवाद झगडा भएको र जेनीले शौचालयमा गएर झुण्डिए आत्महत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ । जेनीको प्रेमी भीमले दिएको बयान अनुसार उनी शौचालय गएर झुण्डिएको अवस्थामा भेटीएको बताइएको छ ।

पछि उनीहरु दुवैले प्रहरीलाई खबर नगरी जेनीलाई अस्पताल लगेको बताएका छन् । अस्पताल लैजाँदा जेनीको मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

जेनीले झुण्डिएरै आत्महत्या गरेको भीम र प्रविनाले साबिती बयान दिएका छन् ।

उनीहरु दुवैमाथि कर्तव्य दुरुत्साहनमा म्याद थपेर अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस