२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदूषित पानी पिउन बाध्य

अ+ अ-

चितवन । जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो ।

कार्यालयले मङ्गलबार यहाँ आयोजना गरेको ‘मेरो वर्ष २०७६ स्वास्थ्य प्रवर्द्धन’ अभियानको सरोकारवालाबीचको अन्तर्क्रिया तथा खानेपानी गुणस्तर सार्वजनिक कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । सो अवसरमा जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले जिल्लामा ५७ प्रतिशत उपभोक्ताले प्रदूषित पानीको प्रयोग गर्ने गरेको बताए । दुई वर्षमा जिल्लामा खानेपानी सुरक्षा योजना लागू भएका २१ आयोजनाको अनुगमनका क्रममा नौ आयोजनाले मात्र शुद्ध पिउने पानी उपलब्ध गराउने गरेको पाइएको अधिकारीले जानकारी दिएका थिए।

अन्य १२ आयोजनाले वितरण गरेको पानीमा इकोलाइ नामक कीटाणु देखिएको अधिकारीले बताए । अहिले उपभोक्ताले प्रयोग गर्दै आएको पानीमा मानिसको दिसामा हुने कीटाणु भेटिएको उनले बताए । यसका कारण सरुवा रोगको महामारी आउनसक्ने सो अवसरमा जानकारी दिइएको थियो ।

अनुगमनका क्रममा माडीमा रहेका दुई, इच्छाकामना गाउँपालिकाका दुई र अन्य पूर्वी चितवन तथा पश्चिम चितवनका आयोजनाको पानी प्रयोगशालमा ल्याई परीक्षण गरिएको थियो । कार्यालयले विगत तीन वर्षदेखि खानेपानीको गुणस्तर मापन गर्दै आएको छ । अनुगमनका क्रममा आयोजनाको भौतिक अवस्था, ‘केमिकल’को प्रयोग र पानीको गुणस्तरका विषयमा अध्ययन गरिएको थियो ।

अध्ययनका क्रममा जमीनमुनिबाट (बोरिङ गरी) ल्याइएको पानीबाहेक अन्यमा समस्या देखिएको उनले जानकारी दिए । पुराना धारामा पानीको पाइप बाटोमा गएर फुट्ने र ढल मिसिने गरेकाले उपभोक्ताले प्रदूषित पानी पिउन बाध्य भएको पाइएको छ । सडक निर्माणका क्रममा पानीको पाइपलाई ध्यान नदिँदा यस्तो समस्या आएको सो अवसरमा जानकारी गराइएको थियो ।

पानीको गुणस्तर अध्ययनका क्रममा पानीको स्रोत, भण्डारण गर्ने स्थान र उपभोक्तासम्म पुग्ने धाराहरुलाई मध्यनजगर गर्दै गरिएको थियो । पानीमा देखिएको प्रदूषणका कारण सरुवा रोगको महामारी आउन सक्ने भन्दै सबै जनता सचेत भएर पानीलाई शुद्ध बनाएर मात्र पिउन आवश्यक रहेको सो अवसरमा जानकारी दिइयो ।

पानीलाई शुद्ध बनाउन आयोजनाले नयाँ प्रविधिका पाइपहरु जडान गर्नुपर्ने, पानीमा क्लोरिन राखेर पिउने, उमालेर मात्रै पानी पिउने, फिल्टर गरेको पानी प्रयोग गर्नेलगायतका उपाय अपनाउन सकेमा महामारीबाट बच्न सकिने अधिकारीले जानकारी दिए । जिल्लामा ९० प्रतिशत जनता खानेपानी आयोजनाको पहुँचमा रहेको सो अवसरमा जानकारी दिइएको थियो । रासस