लोक सेवाको विज्ञापनविरुद्ध माइतीघरमा आदिवासी जनजातिको प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवाको विज्ञापनविरुद्ध माइतीघरमा आदिवासी जनजातिको प्रदर्शन


३१ असार २०७६, मंगलबार


काठमाडौं । लोक सेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले  काठमाडौंमा प्रदर्शन गरेका छन्। आरक्षण बचाउ अभियानको नेतृत्वमा आन्दोलन भएको हो। माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए ।

विभिन्न अल्पसंख्यक र जातीय संस्थाहरुको अगुवाइमा भएको कार्यक्रममा वक्ताहरुले संविधानको मूल मर्म तथा समानुपातिक समावेशी सिद्धान्त र परिवर्तनको आकाङ्क्षाविपरीत विज्ञापन आएको भन्दै विरोध गरेका थिए।

यसअघि आन्दोलनले सिठी जुलुस, राके जुलुस, पर्चा पम्प्लेट वितरण, माइतिघर मण्डलामा धर्नालगायतका कार्यक्रम गरिसकेको छ । स्थानीय तहमा कर्मचारी भर्नाको लागि लोक सेवा आयोगले नौ हजार १६१ जना कर्मचारीको लागि विज्ञापन जारी गरेको थियो ।

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन्। उनीहरुले सो विज्ञापन रद्द गरी आरक्षण सुनिश्चित गरिएको विज्ञापन पुनःप्रकाशित गर्नुपर्नेसमेत माग गर्दै आएका थिए। विवादका कारण सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले आयोगको पक्षमा यही असार १६ गते फैसला आदेश जारी गरेको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस