आज राति लाग्दै खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो असर ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज राति लाग्दै खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो असर ?


३१ असार २०७६, मंगलबार


काठमाडौं । आज राति १बजेर ४६ मिनेट देखि ४बजेर ४५मिनेटसम्म खण्डग्रास चन्द्र ग्रहण लाग्दै छ । यो ग्रहण २ घण्टा ५९ मिनेटको हुने जनाइएको छ ।

ग्रहण नेपालबाट प्रष्ट देखिने छ भने नेपाल लगायत भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, एसिया, अष्ट्रेलिया आदि ठाउँबाट हेर्न सकिनेछ ।

यो ग्रहण सूर्यग्रहण जस्तो हानिकारक नहुने भएकाले नांगै आँखाले पनि हेर्न सकिने खगोलशास्त्रीहरुले बताएका छन् ।

के गर्ने, के नगर्ने ?
पुराणहरूमा ग्रहणका वेला जप तप गर्नुपर्ने विधान छ। फलित ज्योतिषीय मान्यताअनुसार सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ। ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ।

यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यका लागि त्यागिन्छ।

कुन राशिले हेर्ने कुन् राशिले नहेर्ने ?
यो ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशिका लागि फलदायी बताइएको छ। तर मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक धन र मकर राशिका मानिसले यो ग्रहण हेर्न नहुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस