सयौँ गैर सरकारी संस्था खारेज « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सयौँ गैर सरकारी संस्था खारेज


३० असार २०७६, सोमबार


डोटी ।  संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

“संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्था तोकिएको समयमा नवीकरण गर्न नआएपछि दर्ता खारेज गरिएको छ”, प्रजिअ पौडेलले भने ।

निवृत्तिभरणको रकमले अक्षयकोष स्थापना

जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ बस्ने स्थानीय धनकुमारी जोशीले आफ्ना स्व पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा रु एक लाख २५ हजारको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्रा र एक छात्रलाई प्रत्येक वर्ष ‘गोपालप्रसाद स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्यले उक्त कोषको स्थापना गरिएको जोशीले बताए ।

विसं २०५८ मा डोटी बहुमुखी क्याम्पसबाट सेवा निवृत्त भएका उनका पति गोपालप्रसाद जोशीको विसं २०६३ मा देवसान भएको थियो । धनकुमारी जोशीले श्रीमान्को नामबाट त्रिभुवन विश्वविद्यालयबाट पाउँदै आएको पेन्सनबाट केही रकम बचत गरी उक्त अक्षयकोष स्थापना गगरेका हुन् । गोपालप्रसाद जोशीले विसं २०२० देखि करीब चार दशकसम्म प्राध्यापन सेवा गरेका थिए । डोटी क्याम्पसको स्थापनाकालमा उनको योगदान महत्वपूर्ण रहेको थियो ।

प्रतिक्रिया दिनुहोस