शनिबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन, सयौं गाडी अलपत्र « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

शनिबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन, सयौं गाडी अलपत्र


२९ असार २०७६, आइतबार


बुटवल । पहिरो खसेर शनिबार दिउँसोदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेन ।

शनिबार दिउँसो ३ बजेदेखि अलपत्र परेका यात्रुमात्र हिँड्न मिल्ने बाटो बनाएर गन्तव्यमा पठाइए पनि यातायातका साधन चल्न सकेका छैनन् ।

सडकमै ठूला ढुंगा हुँदा पन्छाउन समस्या भएकोले सयौं सवारी साधन अलपत्र छन् ।

राति दोभान, सिद्धबाबा क्षेत्रमा पानी परेकाले बाटो खुलाउन थप समस्या भएको दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीमगरले बताए ।

ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर एकतर्फी यातायात सुरु गर्न पहल भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस