२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटनबाट ६९ अर्ब

अ+ अ-

काठमाडौं । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो । सन् २०१७ मा ५८ अर्ब ५२ करोड, ६९ लाख आम्दानी भएको थियो ।

उक्त आम्दानी सन् २०१५÷२०१६ को तुलनामा ४० प्रतिशतले बढी थियो । उक्त वर्ष ४१ अर्ब ७६ करोड पाँच लाख आम्दानी भएको थियो ।

सन् २०१८ मा पर्यटकको बसाइँ अवधि औसत १२.४ दिन रहेको थियो । पर्यटकले दैनिक ४४ डलर खर्च गर्ने गरेका छन् । अघिल्लो वर्ष पर्यटकको बसाइँ अवधि १२.६ दिन थियो ।

सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो । सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विगत वर्षझै सन् २०१८ मा पनि छिमेकीमूलुक भारत र चीनबाट धेरै पर्यटक नेपाल भ्रमणमा आएका थिए । नेपालमा बढी पर्यटक भित्रने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छ । भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र चीनबाट एक लाख ५३ हजार ६३३ र पर्यटक नेपाल आएका थिए ।

बढी पर्यटक भित्रने मुलुकमा संयुक्त राज्य अमेरिका तेस्रोमा छ । अमेरिकाबाट ९१ हजार ८९५, चौथोमा रहेको बेलायतबाट ६३ हजार ४६६ र श्रीलङ्काबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए ।

नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा, मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन् । सन् २०१८ मा सात लाख तीन हजार ८४३ बिदा मनाउन र एक लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएको सो स्टाटिसटिक्समा उल्लेख छ । त्यस्तै साहसिक पर्यटनमा रुचि राख्नेहरुको रोजाइँमा पनि नेपाल पर्ने गरेको छ । रासस