२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा दुई सय दुई घर डुबानमा

अ+ अ-

बनियानी । तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् ।

खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । झापा गाउँपालिका–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी बस्तीमा पस्दा ७८ घरधुरी प्रभावित भएका छन् । घरमा पानी पस्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेका छ । कनकाई नगरपालिका–६ स्थित विजनी खोल्साको पानी भरिएर बाँसको बाँध फुटाएर नजिकैको शिवाकोटी गाउँ, मन्सापुर, चम्पापुरका ११० घरधुरीमा पानी पसेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

यस्तै, गौरीगञ्ज गाउँपालिका–१ को कुञ्जीबारी पूर्वको सन्थालबस्ती कनकाईको बाढीले डुवानमा र कोरोबारी आपगाछीका नौ घरपविार विस्थापित भएर आफन्तकामा आश्रयमा रहेका रेडक्रसका सभापति लोकराज ढकालले बताए । मेचीनगर–१४ दुहागडीका ४१ वर्षीय सुफल हस्दा खोलाले बगाएर बेपत्ता छन् । शारीरिक रुपमा अपाङ्गता भएका उनलाई फुलवासा खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएको हो । मेचीनगर–५ मा मेची नदीमा आएको बाढी बस्तीमा पस्दा १२५ घरधुरी प्रभावित भएका छन् ।

शिवसताक्षी–३ मा ताराबारीमा कनकाई नदीमा आएको बाढी पस्दा १४ घरपरिवार डुबान भएको रेडक्रसले जनाएको छ । कनकाई, बिरीङ, मावा, टाङ्टिङ, कमल, बनियानी लगायतका नदी तथा खोलामा पानीको बहाव घट्दै गएको छ ।