बाढीले भारतीय बाँध भत्किँदा रौतहटमा पानीको सतह घट्यो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बाढीले भारतीय बाँध भत्किँदा रौतहटमा पानीको सतह घट्यो


२८ असार २०७६, शनिबार


रौतहट । रौतहटको सिमानामा भारतीय बाँध भत्किए पछि रौतहटमा पानीको सतह घट्न थालेको छ ।

बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँमा बाढी पसेको छ ।

भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् ।

बाँधमा भएका ढोकाहरु नखोलिदिँदा संकट निम्तिएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न आग्रह गरेका थिए ।

तर पानीको बहाव खोलिदिनुको सट्टा बाँधमा सुरक्षाकर्मी खटाएको भन्दै रौतहटबासीले सामाजिक सन्जालमार्फत भारतको आलोचना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस