टी–२० क्रिकेट : मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टी–२० क्रिकेट : मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी


२८ असार २०७६, शनिबार


काठमाडौं । मलेसियासँगको २ खेलको टि–२० क्रिकेट शृ‌ंअलाअन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको छ।

निर्धारित २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार गरेको थियो।

नेपालले मलेसियाले दिएको १ सय २९ रनको लक्ष ९ बल अगाडी नै जित हात पारेको थियो ।

साउन ६ देखि सिंगापुरमा हुने टी–२० विश्वकप छनोट खेल्नुअघि नेपाल मैत्रिपूर्ण खेलका लागि मलेसिया पुगेको हो। नेपालले दोस्रो खेल आइतबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस