वैकल्पिक पक्की मोटरेवल पुल निर्माण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वैकल्पिक पक्की मोटरेवल पुल निर्माण


२८ असार २०७६, शनिबार


seti-nadi- moterable pul

कास्की । पोखरा महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरी नारायणथान मन्दिरस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माण गरिएको छ ।

पृथ्वीराजमार्ग हुँदै गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने तथा यहाँबाट बाहिर जानका लागि वर्षौंअघि निर्माण भएका पुलको विकल्पको रुपमा सो पुल निर्माण गरिएको हो । स्टिल ट्रष्टबाट निर्मित आर्क ब्रिजको सम्पूर्ण काम सम्पन्न भएर सो पुल हुँदै शुक्रबारबाट यातायातका साधन सञ्चालनमा आएको वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले बताए ।

पोखरा नजिकका ग्रामीण भूगोललाई मुख्य राजमार्ग र शहरसँग जोड्न र यातायातको सम्पर्क स्थापित गर्न पनि पुल निर्माणबाट मद्दत पुगेको छ । यसअघि पृथ्वीचोक र महेन्द्रपुलमा रहेका पुलको क्षमता सवारी चापको तुलनामा कमजोर हुँदा लामो समय ट्राफिक जामको समस्या सर्वसाधारणले भोग्दै आएका थिए ।

यसका साथै सो पुल हुँदै यहाँको मणिपाल शिक्षण अस्पताल पुग्नको लागि समेत सहज बनेको छ भने बजारको ट्राफिक व्यवस्थापनमा पनि सहज हुने विश्वास गरिएको छ । सडक विभागअन्तर्गतको केन्द्रीय पुल महाशाखाको रु ११ करोड २५ लाख लागतमा पुल निर्माण गरिएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस