महत्वपूर्ण सामान्यज्ञान सम्बन्धी वस्तुगत प्रश्नोत्तरः « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महत्वपूर्ण सामान्यज्ञान सम्बन्धी वस्तुगत प्रश्नोत्तरः


भुवन ज्ञावाली

२८ असार २०७६, शनिबार


loksewa-tayari-bastugat-samanyagyan

१. वि.सं. २०६८ को जनगणना अनुसार लैङ्गिक अनुपात कम भएका जिल्लाहरु क्रमशः मिलाउनुहोस् ।

A.गुल्मी, अर्घखाँची, पाल्पा, स्याङ्जा, प्यूठान

B. गुल्मी, अर्घखाँची, प्यूठान, वाग्लुङ, पाल्पा

C. अर्घखाँची, प्यूठान, वाग्लुङ, गुल्मी, पाल्पा

D. गुल्मी, पाल्पा, अर्घखाँची, प्यूठान, वाग्लुङ

 २. जोडा मिलाउनुहोस् ।

a.अर्ना                      1. शे-फोक्सुण्डो रा.नि.

b. भालु                     2. लामटाङ रा.नि.

c. निलभेडा               3. शिवपुरी-नागार्जुन रा.नि.

d. हाव्रे                     4. कोशी टप्पु वन्यजन्तु आरक्ष

A.a3b1c2d4  B. a4b3c1d2  C. a2b3c4d1 D. a3b1c4d2

३. नेपालमा हात्तीपोलो प्रतियोगिताको सुरुवात कहिले देखि भएको हो ?

A.सन् 1962 देखि  B. सन् 1982 देखि C. सन् 1992 देखि D. सन् 2002 देखि

 ४.जोडा मिलाउनुहोस् ।

a. पूर्वी विन्दु        १ . हुम्लाको च्याङ्ला

b. पश्चिम विन्दु      २.झापाको लोदावरी

c. उत्तरी विन्दु      ३. ताप्लेजुङको लेलेप

d. दक्षिणी विन्दु    ४.कञ्चनपुरको दोधारा

A. a3b4c1d2

B. a२b4c3d१

C. a३b१c२d४

D. a1b2c3d४

५. युरोपका १८ वटा भूपरिवेष्ठित राष्ट्रहरुमध्ये क्षेत्रफलको आधारमा ठूलो देखि सानो देशको क्रम मिलाउनु होस्?

A. वेलारुस, हंगेरी, सर्विया, चेक गणतन्त्र, अष्ट्रिया

B. वेलारुस, हंगेरी, सर्विया, अष्ट्रिया, चेक गणतन्त्र

C. हंगेरी, वेलारुस, सर्विया, अष्ट्रिया, चेक गणतन्त्र

D. वेलारुस, सर्विया, हंगेरी, अष्ट्रिया, चेक गणतन्त्र

६. विश्वको सवैभन्दा ठूलो खाडी (Gulf) कुन हो?

A. Gulf of Carpentaria

B. Persian Gulf

C. Gulf of Mexico

D. Gulf of Mannar

७. रसियाको —बीग ब्रदर्स कानून‘ के संग सम्वन्धीत छ ?

A.आतङ्कवाद विरुद्ध  B. गरिवी विरुद्ध  C. पश्चिमी देशको नाकावन्दी विरुद्ध    D. वढ्दो वसाइँसराइ विरुद्ध

८. भारतको सवैभन्दा लामो स्थलिय सिमा रेखा कुन देश संग रहेको छ ।

A. बंगलादेश

B. पाकिस्तान

C. भुटान

D. नेपाल

विस्तारः भारतसंग सवैभन्दा लामो स्थलिय सिमा बंगलादेश संग (4096.70 कि.मी.) र छोटो भुटानसंग (699 कि.मी.)

९ . भारत र पाकिस्तान बीच सीमा निर्धारण कसले वनाएको थियो ?

A. लर्ड माउन्टबेटन

B. सर कौरिल रेडक्लिफ

C. सर स्टोफोर्ड रेडक्लिफ

D. लोररस

विस्तार भारत र पाकिस्तानको बीच सीमाका निर्धारणका लागि सर कौरिल रेडक्लिफ को अध्यक्षतामा एक आयोग वनाईको थियो सोही आयोगले सिमा निर्धारण गरेको गरेकोले भारत  र  पाकिस्तान बीच सीमा लाई रेडक्लिफ भनिन्छ ।

१०. विश्वमा जनसंख्याका आधारमा दोस्रो ठुलो देश भारतको विश्वको कुल जनसंख्याको कति प्रतिशत रहेको छ ?

A. 22 %

B. 19 %

C. 49%

D. 20 %

११. सन् १९३० मा भएको Two Plus four Treaty भनेर कुन सन्धिलाई चिनिन्छ ?

A. Treaty of Finckenstein

B. Treaty of German Reunification

C. Treaty of Westphalia

D. Treaty of Prasia

 १२. जोडा मिलाउनुहोस् ।

a. मिलट्री अस्पताल                1. अभिमान सिंह वस्नेत

b‍. तिलंघा घर                         2. रणवहादुर शाह

c. जगन्नाथ मन्दिर(टुंडिखेल)   3. चन्द्र शमशेर

d. जैसिदेवल                  4. लक्ष्मी नारायण शर्मा

A.a3b2c1d4  B. a3b1c2d4  C.a2b4c3d1 D.a2b3c4d1

१३. देवानी फौजदारी मुद्दा हेर्ने कोटलिङ र इटापचली अदालत कसले चलाएका हुन् ?

A. जंग बहादुर राणा

B. चन्द्र शमशेर

C. वीर शमशेर

D. भीम शमशेर

 १४. जनयुद्ध संग्रहालय नेपालको कुन ठाउँमा निर्माण भएको छ ?

A. दाङको होलेरी B. रुकुमको चुनवाङ C. रोल्पाको लिवाङ D. रामेछापको दोरम्वा

१५. पहिलो विश्वयुद्धको समयमा जापान कुन देशको सहयोगमा कुन देशका विरुद्ध युद्धमा सामेल भएको थियो ?

A. तटस्थ वसेको थियो

B. जर्मनीसंग United Kingdom विरुद्धमा

C. आफ्नो लागि रसियाका विरुद्ध

D. United Kingdom जर्मनीका विरुद्धमा

१६. राणाकालिन तलका अड्डाहरुबारे सही भनाई पत्ता लगाउनुहोस् ।

१. सराफखाना विदेशी रुपैयाँ सटही गर्न जंङ्गबहादुर द्वारा स्थापित अड्डा हो ।

२. घरकाज अड्डा वीरशमशेरले आफ्ना छोराहरुको दरबार वनाउन स्थापना गरेको अड्डा हो ।

कोडहरुः

A.१  मात्र ठिक B. २  मात्र ठिक C. दुबै ठिक D. दुबै बेठिक

१७. तलको कुन जोडा सहि छैन ।

A. यज्ञश – भुईँया

B. राज माङ्लाक – लिम्वूनी गाउँ

C. तीर्थ गुरुङ्ग – यार

D. मोहन वैध किरण – हिमाली दर्शन

१८.  सन् १९२१  मा सगरमाथा आरोहणको पहिलो व्यवस्थित प्रयासको नेतृत्व कर्ताको काम कसले गरेका थिए ?

A. क्याथरिन गिब्सन B. मेल गिब्सन C. जर्ज एच मेलोरी D. साफर्ड मेलोरी

 १९.जंघवहादुर राणाको जन्मघर भनेर मानिने बिसखुट्टे दरवार कुन जिल्लामा पर्दछ ?

A. गोरखा B. अर्घाखाँची C. नुवाकोट D. गुल्मी

२०. तल दिइएका मध्ये कुन युद्ध राष्ट्रसंघको प्रत्यक्ष हस्तक्षेप वा मध्यस्थता विना नै अन्त्य भएको थियो ?

A. कोरियाली युद्ध

B. स्वेजनहर युद्ध

C. पेरु-इक्वेडर युद्ध

D. इरान-इराक युद्ध

२१ .खुनी अदालत (The Bloody Assize) विश्वको कुन ऐतिहासिक घटनाक्रम संग सम्वन्धित छ ?

A. गुलाफ युद्ध

B. गौरवपूर्ण क्रान्ति

C. रुसी क्रान्ति

D. प्रथम विश्वयुद्ध

२२. प्रथम योजनामा विकास खर्चमा बैदेशिक सहायताको अनुपात कति प्रतिशत थियो ?

A. 89.7 प्रतिशत B. 88.7 प्रतिशत C. 90.7 प्रतिशत D. 91.7 प्रतिशत

 २३ .राणाकालीन विभिन्न महत्वपूर्ण पदहरु मध्ये कुन गलत छ ।

A. कोतवालः मोफसलका शहर र गाउँमा मुख्य प्रहरीको पद

B. अर्जावेगीः जेलको हाकिम भइ कार्य गर्ने जेलर

C. अधईः राज दरवारको पैसा गन्ने व्यक्ति

D. दरोगाः हात्तीको हेरचाह गर्न नियुक्त कर्मचारी

२४.आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार मुद्रास्फिति कति प्रतिशत रहेको छ ?

A. 5.0 प्रतिशत    B. 4.0 प्रतिशत    C. 4.8 प्रतिशत      D. 4.2 प्रतिशत

२५.देहायका मध्ये कुन गलत छ ।

A. मिस्ट्री खोला – 42 मेगावाट

B. अपर वलेफि ए – 36 मेगावाट

C. सान्जेन – 35 मेगावाट

D. कुलेखानी तेस्रो – 14 मेगावाट

 

Tags :
प्रतिक्रिया दिनुहोस