अविरल वर्षाका कारण घर भत्केर एकको मृत्यु, राजमार्ग ठाउँ ठाउँमा अवरोध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अविरल वर्षाका कारण घर भत्केर एकको मृत्यु, राजमार्ग ठाउँ ठाउँमा अवरोध


२७ असार २०७६, शुक्रबार


धादिङ । अविरल वर्षाका कारण गजुरी गाउँपालिका वार्ड न– ४ बालुवाडाँडामा घर भत्किदा एक जान बालिकाको मृत्यु भएको छ भने एक जान घाईते भएका छन् ।

मृत्यु हुनेमा कृष्णबहादुर तामाङको छोरी ८ वर्षीय अस्मिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।

घर भत्किँदा १२ वर्षीय जयराम तामाङ घाइते भएकोले गाउँमा रहेको मेडिकलमा उपचार भइरहेको छ । २४ घण्टादेखिको लगातारको वर्षाका कारण पृथ्वीराजमार्ग खण्डको विभिन्न स्थामा सडक अवरोध भएको छ ।

वर्षाका कारण पृथ्वीराजमार्ग माथीबाट खनिएका सडकहरुको लेदो सडकमा आएर राजार्ग अवरुद्ध भएको छ । धादिङको बेनिघाट, गल्छी लगायतको स्थानमा सडक अवरुद्ध भएपछि डोजरको सहायताले लेदो हटाइ एकातफी सवारी संचालन गरिएको प्रहरीले जनाएको छ ।

निर्माण कार्य सम्पन्न हुन नपाउदै नीलकण्ठ नगरपालिका स्थित सितल बजारमा सडक भासिएपछि ५ घर भत्किएको छ ।आसपासका एक दर्जन घर जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस