काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका २ को मृत्यु, २ जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका २ को मृत्यु, २ जना घाइते


२७ असार २०७६, शुक्रबार


काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–३ मा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।

लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ ।

घटनामा परिवारका अरु २ जना घाइते भएको काभ्रेका एसपी जयराम सापकोटाले बताए। घाइते हुनेमा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाको अनुष्का दंगाल रहेका छन्।

उनीहरूको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। घरमाथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस