काठमाडौँ । ‘कर्मचारी सेवाग्राहीलाई टेर्दैनन्, स साना कुरामा पनि असाध्यै दुःख दिन्छन्, न समयमा सेवा दिन्छन् न त व्यवहार नै राम्रो छ’ अधिकांश सरकारी सेवा लिन जानेहरूको साझा प्रश्न हो यो । तर जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले मङ्गलवार साँझ केही फोटाहरू आफ्नो फेसबुकमा पोस्ट गरिन् ।
सेवाग्राहीलाई दुई हात जोडी मुस्कुराउँदै नमस्कार गरेकोदेखि सेवा दिँदै गरेको, छुट्टा छुट्टै र सामूहिकरुपमा अँगालो हालेको र सोफामा बसाएर चिया पिलाएकोसम्मका दृश्यहरूले निजामती कर्मचारीमाथि लाग्ने गरेका आक्षेपहरूबारे सोच्न बाध्य बनायो ।
यससँगै मनमा केही प्रश्न पनि उब्जायो के साच्चिकै प्रजिअ बन्जाडेले हरेक सेवाग्राहीलाई प्रत्येक दिन यसरी नै सेवा प्रवाह गर्दै आएकी छिन् त ? यदि उनको शैली नै यही हो स्यालुट छ उनलाई, हैन सोसियल सेलिब्रेटीका लागि हो भने त्यो त जुम्लावासीले नै जानुन् ।
सत्य के हो ? छानबिन गर्ने र मूल्याङ्कन गर्ने जिम्मा तिनै जुम्ली जनतालाई ।
तस्विर सबै दुर्गा बञ्जाडेको फेसबुकबाट