कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको गृहमन्त्रीको स्पष्टीकरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कुमार पौडेल दोहोरो भिडन्तमै मारिएको गृहमन्त्रीको स्पष्टीकरण


२४ असार २०७६, मंगलबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमै भएको बताएका छन् ।

उनले राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि त्यही देखाएको बताए ।

मंगलबार संसदमा कांग्रेसले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै सरकारको धारणा माग गरेका थिए ।

जवाफमा गृहमन्त्री बादलले गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको दाबी गरे । त्यसक्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको र कुमार पौडेलले पनि फायरिङ गरेको उनको दाबी छ ।

पौडेलले मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाहीका क्रममा उनको मृत्यु भएको गृहमन्त्रीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस