यू–१९ एसिया कप खेल्न नेपाललाई ९६ रनको लक्ष्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यू–१९ एसिया कप खेल्न नेपाललाई ९६ रनको लक्ष्य


२४ असार २०७६, मंगलबार


काठमाडौं । यू–१९ एसिया कपखेल्न नेपालले ९६ रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४३.१ ओभरमा ९५ रनमा सिमित भएको छ ।

मलेशियास्थित किन्नरा ओभल क्रिकेट मैदानमा नेपालका सागर ढकाल र कमलसिहं ऐरीले उत्कृष्ट बलिङ गरेका थिए ।

नेपाल आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो भने हङकङले सिगांपुरलाई पराजित गरेको थियो ।

हङकङविरुद्ध विजयी भए नेपाल यू–१९ एसिया कपमा छनोट हुने छ ।

एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस