इरानमा ५.७ म्याग्नीच्यूडको भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इरानमा ५.७ म्याग्नीच्यूडको भूकम्प


२३ असार २०७६, सोमबार


तेहरान । इरानको दक्षिणपूर्वी क्षेत्रमा सोमबार विनाशकारी भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीहरुले जनाएका छन् ।

इरानी भूकम्प मापन केन्द्रले ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । खुजेस्तान प्रान्तको मस्जिद सोलेमान क्षेत्रमा भूकम्प गएको हो ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण अरु २४ जना घाइते भएका छन् । स्थानीय समय अनुसार विहान ११.३० बजे भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

संकट व्यवस्थापन केन्द्रले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । भूकम्पले ग्रामीण क्षेत्रका धेरै घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ ।

कतिपय क्षेत्रमा पानी र विजुली वितरण सेवा अवरुद्ध भएको छ । छिमेकी मुलुक कुबेतमा समेत भूकम्पको धक्का महशुस गरिएको छ ।

भूकम्पपछि दर्जनभन्दा बढी परकम्पन आएको अधिकारीहरले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस