विप्लव नेकपाका २ कार्यकर्ता डडेल्धुराबाट पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विप्लव नेकपाका २ कार्यकर्ता डडेल्धुराबाट पक्राउ


२३ असार २०७६, सोमबार


pakrau

परशुरामधाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

देशैभर विप्लव समूहले आफ्ना गतिविधि बढाइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउबाट ४० वर्षीय देव भट्टराई र २५ वर्षीय रामदत्त भट्टराई पक्राउ परेका हुन् ।

आज बिहान इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ईश्वरीदत्त पाण्डेयको नेतृत्वमा गएको टोलीले उनीहरुलाई गाउँबाटै नियन्त्रणमा लिन सफल भएको हो ।

विशेष सूचनाका आधारमा पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस