२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महीनादेखि वृद्धको ओढारमा बास

अ+ अ-

गलेश्वर । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठ लाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षीय हिराबहादुर पूर्जा ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हिराबहादुर विगत एक महीनादेखि ओढारमा बस्दै आएका छन् । घरजग्गा केही नभएका (सुकुम्वासी) पूर्जा यसअघि आफ्ना दाजु लोदे पुर्जासँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्थे । ८० वर्षीय दाजु लोदेसँग झगडा भएपछि उनी गत जेठको अन्तिम सातादेखि ओढारमा बस्न थालेको रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले जानकारी दिए ।

वडा सदस्य गौचनका अनुसार गाउँमा उनीहरुको सम्पत्तिको नाममा एक टुक्रा जग्गा र एउटा छाप्रोसमेत छैन । न त उनीहरुको नाता सम्बन्धीहरु नै छन् गाउँमा । कहाँबाट आएर कहिलेदेखि यी दुई भाई गाउँमा बस्न थालेका हुन् भन्ने कुराको जानकारीसमेत गाउँलेलाई छैन । गाउँका वृद्धवृद्धाहरुबाट उनीहरु गाउँमा देखिएको ५० वर्षभन्दा बढी भएको आफूले जानकारी पाएको वडा सदस्य गौचनले जानकारी दिए ।

“गाउँमा न उनीहरुका कोही आफन्ति छन्, न त सम्पत्ति छ” गौचनले भने, “उनीहरुको आफन्तको बारेमा पत्ता लगाउन हामीले धेरै कोशिस गर्‍यौँ तर पत्ता लगाउन सकिएन ।”

गौचनका अनुसार पहिला पहिला दुई भाइले गाउँमा ज्याला मजदूरी गरेर खाने गर्थे । दाजु लोदे (वास्तविक नाम थाहा हुन नसकेको) ले काम गर्न नसक्ने भएपछि उनीहरुको विजोग भएको हो । जेठसम्म दुई भाई एउटै कोठामा बस्थे । तर उनीहरुको बीचमा झगडा भएपछि भाई हिराबहादुर त्यहाँबाट निस्केर खेतको कुनापट्टी रहेको ओढारमा बस्न थालेका र यो कुरा आफूले केही दिन अघि मात्र थाहा पाएको गौचनले जानकारी दिए ।

गाउँपालिकामा यी दुई भाईको व्यवस्थापन गर्ने विषयमा छलफल भएको र उनीहरुलाई बासस्थानका लागि सार्वजनिक जग्गामा भए पनि घर बनाइदिने विषयमा सबै सहमत भएको वडाध्यक्ष बीलबहादुर फगामीले बताए । उनीहरुलाई अहिले तत्कालै एक लाख खर्च गरेर बस्ने बास र खाने चिजहरुको व्यवस्था गर्नुका साथै भाई हिराबहादुर पूर्जाको नागरिकताको आधारमा दाजु लोदे पूर्जाको पनि नागरिकता बनाइदिने निर्णय भएको वडाध्यक्ष फगामीले जानकारी दिए । रासस