प्रस्तावित चार राजदूतको सुनुवाइ आज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रस्तावित चार राजदूतको सुनुवाइ आज


२३ असार २०७६, सोमबार


काठमाडौं । आज प्रस्तावित चार राजदुतहरुको सुनुवाइ हुँदै छ । सुनुवाइका लागि बिहान ८ः३० बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

समितिले नाम अनुमोदन गरेपछि नियुक्तिको बाटो खुल्ने छ ।

गत जेठ २३ गते सरकारले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव गरेको थियो ।

समितिले प्रस्तावित राजदूतहरुविरुद्ध कुनै उजुरी भए उजुरी दिन असार १४ गतेसम्म समयसीमा दिएको थियो ।

राजदूतविरुद्ध दुईवटा उजुरी परेका छन् । तर समितिमा उजुरीको कुनै छलफल नहुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस