करेन्ट लागेर दुई बालक घाइते « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

करेन्ट लागेर दुई बालक घाइते


२२ असार २०७६, आइतबार


विदुर । नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा क्रियापुत्री बस्ने घरको छतमा खेल्ने क्रममा करेन्ट लागेर आज दुई बालक घाइते भएका छन् ।

करेन्ट लागेर विदुर नगरपालिका–१ का पाँच वर्षीय दमै नगरकोटी र सात वर्षीय सुजन नगरकोटी घाइते भएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । करेन्ट लागेर दुवै बालक सडकमा खसेका थिए । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस