२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीमा २ सय एचआइभी सङ्क्रमित

अ+ अ-

सप्तरी । एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ ।

एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्रियायामा जोड दिइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा उक्त अस्पतालद्वारा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र सरोकारवालालाई सो विषयमा जानकारी दिइएको एचआइभी/एड्सका परमर्शदाता सुनिता यादवले बताइन् ।

सप्तरीमा २१२ एचआइभी सङ्क्रमित रहे पनि लोकलाज र चेतनाको कमीले एचआइभी सङ्क्रमित औषधोपचारका लागि खुलेर अगाडि नआउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । सुरक्षा कवच अपनाऔँ तर भेदभाव नगरौँ भन्दै उनले सन् २०२० सम्ममा ९० प्रतिशत सङ्क्रमित पत्ता लगाएर तिनको उपचार गर्ने र ९० प्रतिशत नै जिवाणु कम गर्ने सरकारको नीति रहेको जानकारी दिए ।

निर्मलीकरण नगरिएका सिरिञ्ज र ब्लेडको साझा प्रयोगबाट, र्‍यालबाट, एचआइभी सङ्क्रमितको रगतबाट, शरीरका अङ्ग प्रत्यारोपण, सङ्क्रमित आमाले गर्भधारण गर्दा पनि सजिलै एचआइभी सर्नसक्ने भएकाले जथाभावी यौन सम्पर्कबाट मात्र एचआइभी सर्छ भन्ने सोच हटाउनुपर्ने डा. दासले बताए ।

उक्त अस्पतालका नर्सिङ निरीक्षक लक्ष्मी चौधरीले छुँदैमा, हात मिलाउँदैमा, सँगै बस्दैमा, लुगा साटासाट गर्दैमा एचआइभी नसर्ने भएकाले सङ्क्रमितलाई लाञ्छना लगाई तिरस्कार गर्नुभन्दा सकारात्मक व्यवहारले सहयोग गरेमा उनीहरुको आयु बढाउन सकिने बताए ।

निःशुल्क औषधोपचारको व्यवस्था भए पनि अस्पतालको तथ्याङ्कअनुसार जिल्लामा एचआइभी सङ्क्रमित १११ जनाले मात्र नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएकामा ११ बालबालिका पनि छन् । एचआइभी एड्सका कारण हालसम्म १३ पुरुष, तीन महिला र दुई तेस्रो लिङ्गीको मृत्यु भइसकेको उक्त अस्पतालले जनाएको छ ।रासस