स्कुल बस नहरमा खस्दा दुई शिक्षक घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्कुल बस नहरमा खस्दा दुई शिक्षक घाइते


२२ असार २०७६, आइतबार


विराटनगर । मोरङको टंकीसिनवारीमा विद्यार्थी बोक्ने बस सडकबाट पल्टिएर नहरमा खसेको छ । आज बिहान सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा १८ जना विद्यार्थी बोकेको बस खसेको हो ।

स्थानीय जेभियर्स बोर्डिङ स्कुलको को १ ख १९८२ नम्बरको बस विद्यार्थी लिन जाने क्रममा अनियन्त्रित भई डिलबाट चिप्लिएर नहरमा खसेको थियो । बुढीगंगा गाउँपालिकाको गोकुवा नजिकैको नहरमा बस पल्टँदा त्यसमा सवार दुई जना शिक्षक गम्भीर घाइते भएका छन् ।

घटनामा केही विद्यार्थी सामान्य घाइते छन् । शिक्षकहरुलाई उपचारको लागि तत्कालै विराट मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस