चेपाङलाई पत्रकारिता सिकाउँदै गाउँपालिका « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चेपाङलाई पत्रकारिता सिकाउँदै गाउँपालिका


२२ असार २०७६, आइतबार


हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाले यहाँका चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालीम दिएको छ ।

सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालीम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए।

तालीमपछि आधारभूत पत्रकारिताको ज्ञान प्राप्त भएको र गाउँघरका कतिपय विषयवस्तुलाई समाचारको ढाँचामा बदल्न सक्ने कैलाश–७ का आइतसिंह चेपाङले बताए । तालीमका अर्का प्रशिक्षार्थी नेत्र चेपाङका अनुसार यो तालीमले यहाँको रेडियोमा बोल्ने सपना पूरा गर्न भूमिका खेल्छ । “तालीम लिएपछि हामीले ‘कैलाश सेरोफेरो’ नामक कार्यक्रम तयार पारेका छौँ, अब मनहरि एफएमबाट चाँडै प्रसारण गर्छौँ”, उनले भने । तालीममा सहभागी अर्का प्रशिक्षार्थी चित्रबहादुर प्रजा तालीमले आफ्ना मनोभावना व्यक्त गर्ने कला सिकाएको बताउँछन् ।

यस्ता तालीमले राज्यको मूल प्रवाहबाट अलग रहेको जाति समुदायलाई मूलधारमा ल्याई देश निर्माणको साझेदार बनाउन मद्दत पु¥याउने बताउँछन् प्रदेश नं ३ का सांसद ओम घलान ।

फिलिङ्गो मिडियाले संयोजन गरेको तालीममा पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगर, जनता टेलिभिजनका रामकुमार एलन, राससका रिपेश दाहाल, गोरखापत्र दैनिकका शिवकुमार काशी, एभिन्यूज टेलिभिजनका राजन दाहाल, तुखबरका गिरिजा अधिकारीलगायतले प्रशिक्षण दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस