दुई वर्षदेखि डिपबोरिङ सञ्चालनमा आउन सकेन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुई वर्षदेखि डिपबोरिङ सञ्चालनमा आउन सकेन


२२ असार २०७६, आइतबार


विराटनगर । मोरङको सुनवर्सी नगरपालिकामा निर्माण सम्पन्न भएको डिपबोरिङ विद्युत्को ट्रान्सफर्मर जडान नहुँदा सञ्चालनमा आउन सकेको छैन । सुनवर्सी नगरपालिका–५ मा निर्माण गरिएको बोरिङ विगत दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

सङ्घीय सांसद शिवकुुमार मण्डलको सांसद विकास कोषको ३५ लाख लागतमा निर्माण गरिएको उक्त बोरिङ सञ्चालनमा आउन सकेको भए त्यस क्षेत्रका २०० बिघाभन्दा बढी जग्गामा सहजरूपले सिँचाइ पुर्‍याई उत्पादन वृद्धि हुने थियो । राष्ट्रिय प्रसारण लाइन पुगेको उक्त स्थानमा एउटा ट्रान्सफर्मर जडान गर्न नसक्दा कृषि उत्पादन वृद्धि गर्ने सोच दुई वर्षदेखि अलपत्र परेको स्थानीय बासिन्दाको गुनासो छ ।

नेपाल विद्युत् प्राधिकरणलाई पटक–पटक भन्दा पनि बेवास्ताको कारण लगानी बालुवामा पानी हालेजस्तो भएको उनीहरुको भनाइ छ । बोरिङ सञ्चालनका लागि ११ हजार केभीको प्रसारण लाइन पुर्‍याएर २०० केभीको ट्रान्सफर्मर जडान गर्नुपर्ने हुन्छ ।

आयोजनाको काम सम्पन्न नहुँदा खेतबारीमा सहजरूपमा सिँचाइ गरी नगदेबालीमार्फत आम्दानी वृद्धि गर्ने आस मरेको कृषक रामकेवल साहले बताए। बोरिङ सञ्चालनका लागि १५ हर्षपावरको मोटर जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस