वीरगञ्ज । पर्साको वीरगन्ज महानगरपालिका–२१ लिपनीविर्तास्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ ।
शनिबार बिहान ३ बजेबाट भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरीले जनाएका छन् ।
आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकल प्रयोग गरिएको छ ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालित छन् ।
आगलागी कसरी भएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।







