होन्डुरसमा डुङ्गा दुर्घटना, २७ को मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

होन्डुरसमा डुङ्गा दुर्घटना, २७ को मृत्यु


१९ असार २०७६, बिहिबार


तेगुसिगाल्पा । होन्डुरसमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

देशको दुर्गम क्षेत्रमा पर्ने मोस्क्वीटीया क्षेत्रमा माछा मार्ने डुङ्गा बुधबार दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार घटनामा परी अरु नौ जना अझै हराइरहेका छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ ।

सुरक्षा बलका प्रवक्ता जोसे मेजाले घटनास्थलबाट अरु ५५ जना भने जिवितै बाहिर निस्कन सफल भएको जानकारी दिए ।

डुङ्गामा ९१ जना यात्रु थिए तर डुङ्गाको क्षमता ३१ जना मात्रै बोक्ने रहेको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस