प्रदेश सांसद दीपक मनाङ्गे नेकपा प्रवेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश सांसद दीपक मनाङ्गे नेकपा प्रवेश


१९ असार २०७६, बिहिबार


काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् ।

उनलाई बिहीबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टीमा स्वागत गरेका हुन् ।

मनाङ्गेलाई टीका लगाएर र नेकपाको विधान पनि हस्तान्तरण गरेर गुरुङले पार्टीमा स्वागत गरेका हुन् ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।

उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस