युरोपेली आयोगको प्रमुखमा पहिलो पटक महिला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

युरोपेली आयोगको प्रमुखमा पहिलो पटक महिला


१८ असार २०७६, बुधबार


काठमाडौं । युरोपेली आयोगको प्रमुख पदमा पहिलो पटक महिलालाई प्रस्ताव गरिएको छ ।

युरोपेली संघ ईयुका नेताहरुले उच्च पदहरुमा मनोनयन थाल्ने क्रमसँगै युरोपेली आयोगको प्रमुखमा जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई प्रस्ताव गरेका हुन् ।

उर्जुलालाई एंगेला मार्केलले पनि समर्थन गरेकी छन् ।

युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको छ। केही दिनको कठिन वार्तापछि यी नामहरूको घोषणा गरिएको हो।

क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए। बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस