चार लाख घुस लिएको अभियोगमा पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चार लाख घुस लिएको अभियोगमा पक्राउ


१७ असार २०७६, मंगलबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजामा कार्यरत इञ्जिनियर वासी अख्तर मोहम्मदलाई रु चार लाख घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट गएको टोलीले इञ्जिनियर मोहम्मदलाई पुतलीबजार–१ स्थित इग्लिस बोर्डिङ स्कूल नजिकबाट पक्राउ गरिएको हो । आरोपी मोहम्मदको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस