रुपन्देहीमा गोली हानेर साढे ४ लाख लुटियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुपन्देहीमा गोली हानेर साढे ४ लाख लुटियो


१७ असार २०७६, मंगलबार


भैरहवा । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी ४ लाख ६३ हजार लुटेको छ। गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका-४ की रेशमकुमारी मल्लबाट रकम लुटिएको प्रहरीले जनाएको छ।

लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको सो रकम मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ।

मल्लले आफ्नो २ लाख र बाँकी ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन्। सु १ ह ३३७ नम्बरको ईरिक्सा चढेर गैडहवा गाउँपालिका-४ स्थित अहिरन्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेका थिए।

ती व्यक्तिले हानेको गोली टेम्पोको टायरमा लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

उनकाल अनुसार लुटेराको चलाएको गोली ईरिक्सा टायरमा लागेको छ। लुटेराहरुको खोजी कार्य तथा घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया दिनुहोस